बाँकेमा कर्तव्य ज्यान मुद्दामा फरार दुई जना पक्राउ

सदरलाइन संवाददाता १९ फाल्गुन २०७९, शुक्रबार १३:०८
 

नेपालगञ्ज : कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो ।


कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका भगवान दिन र ७ वर्ष ६ महिना कैद सजाय तोकिएका खेलावन हालसम्म फरार रहेका थिए । पक्राउ परेका दुबै जनालाई बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा होली लक्षित सुरक्षा सतर्कता

१९ फाल्गुन २०७९, शुक्रबार १३:०८
नेपालगञ्ज : बाँके प्रहरीले नजिकिदै गरेको होली पर्वलाई मध्यनजर गर्दै आफ्नो सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेले बिशेष सुरक्षा योजना अन्तर्गत जाँचलाई तिब्र बनाएको छ । बाँके प्रहरीको टोलीले होली पर्वमा हुन सक्ने आकस्मिक अप्रिय घटना रोक्न केहीदिन अघिदेखि […]