दुईदिने त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा हुँदै

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १९:०३
 

नेपालगञ्ज :  दक्षिण एशियाली पत्रकारहरुको छाता संगठन सार्क जर्नालिष्ट फोरमको आयोजनामा दुईदिने इण्डो–नेपाल–बंगलादेश त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा आयोजना गरिने भएको छ ।

सार्क जर्नाष्टि फोरमका अध्यक्ष राजु लामाले दिएको जानकारी अनुसार आगामी बैशाख २२–२३ गते तद अनुसार मे ५–६ तारिख आगराको क्लाक्र्स शिराज होटलमा सो त्रीदेशीय सम्मेलन आयोजना गरिने भएको हो ।


सम्मेलनमा सहभागि हुन चाहनेहरुका लागि अग्रिम रजिष्ट्रेशन खुला भएको अध्यक्ष लामाले जानकारी दिए । सो सम्मेलनले खासगरी सार्क क्षेत्रका पत्रकारको सुरक्षा, क्षमता अभिबृद्धि तथा विभिन्न क्षेत्रमा सहभागिताको लागि नीतिगत विभिन्न निर्णयसमेत लिने अपेक्षा गरिएको अध्यक्ष लामाको भनाई छ ।

यसैबीच सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको पहिलो सम्मेलन चैत्र महिनामा आयोजना गरिने भएको छ ।

नेपाल च्याप्टरका संयोजक प्रकाश शिलवालको नेतृत्वमा काठमाण्डौमा आयोजना गरिने सो सम्मेलनको तयारीका लागि संगठन विभाग प्रमुख रुपेश आचार्य, आर्थिक विभाग प्रमुख सुरन्द्र भक्त श्रेष्ठ, प्रचार विभाग प्रमुख रत्नकाजि महर्जन र सचिवालय सदस्य कविता थापा रहेको समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट सतासी हजार बराबरको अवैध सामान बरामद

१६ फाल्गुन २०७९, मंगलवार १९:०३
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं.२ पुष्पलाल चोकबाट सतासी हजार बराबरको अवैध सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खाटिएका प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेत समेतको संयुक्त प्रहरी टोलिले उक्त सामान बरामद गरेको हो । प्रहरीले कुर्ता सुरुवाल ५६ […]

सम्बन्धित