डुडुवाको हिउदे गाउँसभा बहिस्कार

सदरलाइन संवाददाता ४ माघ २०८०, बिहीबार १९:०७
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिकाको अध्यक्षको मनोमानीका बिरुद्ध बहुमत सदस्यले हिउदे गाउँसभा बहिस्कार गरेका छन् ।

बिहिबार हुने भनिएको डुडुवा गाउँपालिकाको हिउदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, जसपा र नेपाली काँगे्रसबाट निर्वाचित बहुमत सदस्यहरुले बहिस्कार गरेका हुन् ।

डुडुवा गाउँपालिकाकाको अध्यक्ष पदका लागि दोश्रो पटक निर्वाचत भएका चौधरीले यस अघिका गाउँसभा र कार्यपालिका बैठकमा उपस्थित सदस्यहरुलाई जानकारी नदिनेदेखि निर्णय नै नलेखिएको सादा पानामा हस्ताक्षर गराउने गरेकोे आरोप लगाउदै उनीहरुले बहिस्कार गरेको जनाएका छन् ।


निवार्चित भएको झण्डै दुईंबर्ष पुग्नै लाग्दा पनि अध्यक्षले योजना बाँडफाँडमा बिभेद गर्दै आएकाले आफूहरु गाउँसभा वहिस्कार गर्न बाध्य भएको जसपा र नेपाली काँगे्रसबाट निर्वाचित सदस्यले जनाएका छन् ।

उनीहरुका अनुसार गाउँपालिका अध्यक्ष चौधरीले सादापानामा हस्ताक्षर गराउनेदेखि योजना र खर्चको बिबरण नदिएको जनाएका छन् । उनीहरुले कुनैपनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरुमा भ्रष्टाचार गर्दै आएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनैपनि बैठक, सभामा सहभागी नहुने जनाएका हुन् ।

कार्यपालिका बैठक र गाउँसभा सम्बन्धि आफूहरुलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेको प्रति आफूहरुको आपत्ति रहेको जनाएका छन् । वडा नं ५ र ६ का वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्यले गाउँसभा हस्ताक्षर सहित बहिस्कार गरेपछि माघ ४ गते हुने भनिएको हिउदे गाउँसभा अन्यौलमा परेको छ ।

गत वर्ष पनि डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट काठमाण्डौका लागि आधुनिक बससेवा सञ्चालनमा

४ माघ २०८०, बिहीबार १९:०७
नेपालगञ्ज : नेपालगञ्जबाट काठमाण्डौसम्मको आरामदायी यात्राको लागि पूर्वपश्चिम यातायात व्यवसायी सेवा प्रालिले आत्याधुनिक सुविधा सम्पन्न सोफासेटको सिट जडान गरिएको ग्रेटर नेपाल यात्रुबाहक रात्रीबस सञ्चालनमा ल्याएको छ । बस सेवाको औपचारिक रुपमा प्रालिका अध्यक्ष गणेशप्रसाद भुषाल र सार्वजनिक यातायात महसंघका केन्द्रीय सदस्य दिपक शर्माले रिवन काटेर सुरुवात गरेका छन् । यात्रुहरुको […]