नेपालगञ्जबाट सतासी हजार बराबरको अवैध सामान बरामद

सदरलाइन संवाददाता १७ फाल्गुन २०७९, बुधबार १४:५०
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं.२ पुष्पलाल चोकबाट सतासी हजार बराबरको अवैध सामान बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जको सक्रियतामा अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खाटिएका प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेत समेतको संयुक्त प्रहरी टोलिले उक्त सामान बरामद गरेको हो ।


प्रहरीले कुर्ता सुरुवाल ५६ थान, कुर्ता सुरुवाल (सुट) ११ थान, लेडिज कुर्ती १८ पिस, लेडिज सुरुवाल ३ पिस र धोती २ थान बरामद गरेको छ ।

उक्त सामानको अन्दाजी बजार मूल्य ८७ हजार ४ सय रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदा तयार

१७ फाल्गुन २०७९, बुधबार १४:५०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदा तयार गरेको छ । एक बर्ष लगाएर तयार पारिएको ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’ मस्यौदामाथि बुधवार छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवालाले जिआइजेड/एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि आज अन्तिम छलफल गरिएको हो । विभिन्न ६ वटा उपक्षेत्रहरुसहित तयार गरिएको […]

ताजा अपडेट