स्वरोजगार बन्दै सल्यान कारागारका कैदीबन्दी

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १५:३९
 

सल्यान : सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका छन् ।

कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन्। कारागारमा बस्दा यतिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’

आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए। एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पु¥याउन गाह्रो भएको बताए ।

‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ ।


कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए ।

‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने । यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ ।

कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन् । आमाको संरक्षणमा ३ बालबालिका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुईदिने त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा हुँदै

१६ फाल्गुन २०७९, मंगलवार १५:३९
नेपालगञ्ज :  दक्षिण एशियाली पत्रकारहरुको छाता संगठन सार्क जर्नालिष्ट फोरमको आयोजनामा दुईदिने इण्डो–नेपाल–बंगलादेश त्रीदेशिय सञ्चार सम्मेलन भारतको आगरामा आयोजना गरिने भएको छ । सार्क जर्नाष्टि फोरमका अध्यक्ष राजु लामाले दिएको जानकारी अनुसार आगामी बैशाख २२–२३ गते तद अनुसार मे ५–६ तारिख आगराको क्लाक्र्स शिराज होटलमा सो त्रीदेशीय सम्मेलन आयोजना गरिने […]

सम्बन्धित