बर्दियाको कांग्रेस सभापतिमा राठौर निर्वाचित

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १३:०६
 

बर्दिया : नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८८० मतसहित निर्वाचित भए ।

उनले भुवनेश्वर चौधरीलाई २२ मत अन्तरले पराजित गरेका हुन् । चौधरीले ६७८ मत प्राप्त गरे। बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ मत खसेको थियो ।


उपसभापतिमा संस्थापन पक्षकै गोविन्दप्रसाद थारु र सोदे विष्ट, सचिवमा जग्गाप्रसाद पाण्डे र मीनराज चौधरी र सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

सभापतिमा निर्वाचित राठौरले यसअघि पनि बर्दियामा जिल्ला सभापतिको रुपमा नेतृत्व गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा मृत अवस्थामा एक पुरुषको शव भेटियो

१४ मंसिर २०७८, मंगलवार १३:०६
दाङ : दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । लमही नगरपालिका वडा नं. ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो । वडा प्रहरी कार्यालय लमहीकी हवल्दार डिलु योगीले दिएको जानकारी अनुसार शवको पहिचान खुलेको छैन । शवलाई लमही अस्पतालको […]