बातानुकुलित ग्राहक प्रतिक्षालय भवनको उदघाटन

सदरलाइन संवाददाता १२ फाल्गुन २०७९, शुक्रबार १२:५०
 

कोहलपुर (बाँके) : नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले गर्मीको बेला सेवाग्राहिको हुने समस्यालाई मध्यनजर गर्दै बातानुकुलित ग्राहक प्रतिक्षालय भवनको उदघाटन गरेको छ ।

शुक्रबार कोहलपुर बितरण केन्द्रमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हरि प्रसाद पाण्डेले कार्यालय परीसरमा प्रतिक्षालयको उदघाटन गरेका हुन् ।

करीब ७३ लाख बढिको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालय तथा भवनमा रहेर बिद्युत प्राधिकरणले आफनै सबै सेवाहरु आफनै भवनबाट दिने भएको छ । यस अघि प्राधिकरण भाडाको घरबाट समेत सेवा दिंदै आएको थियो ।


पछिल्लो समय प्रबिधिको विकाससंगै कोहलपुर बिद्युत बितरण केन्द्रले समयसंगै आफनो सेवामा बिस्तार गर्दै आएको छ भन्दै कार्यालय प्रमुख सुरज रेग्मीले सेवाको छिटो छरितोको लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा प्रतिक्षालय उदघाटन पश्चात सेवा लिन आएका सेवाग्राहि तीन जनालाई खादा सहित सम्मान गरेको कार्यक्रममा प्राधिकरणका कर्मचारी, पत्रकार, सेवाग्राहिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती सोनारीमा वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए

१२ फाल्गुन २०७९, शुक्रबार १२:५०
नेपालगञ्ज : बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ नजिक रहेको हुलाकी सडकको छेउमा रहेका घरटहरा भत्काएको सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए । सर्वदलीय बैठकको निर्णयअनुसार १० दिने सूचना जारी गरेर ती घर […]