सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का कृषि, सहकारी तथा भूमि ब्यबस्था मन्त्री आरती पौडेलले दाङ लमही नगरपालिका वडा नं. ९ स्थित हर्दवा स्मार्ट कृषि गाउँको बिहीवार अनुगमन गरेकी छिन् । सोही ठाउँमा ठाउँमा ब्यावसायिकरुपमा कागति खेती र बाख्रा पालन भईरहेको छ ।
प्रदेश नं. ५ सरकारले प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ बनाउने योजना अनुसार दाङ निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित सांसद रेवतीरमण शर्माले छनौट गरेको उक्त कृषि गाउँको मन्त्रीले अनुगमन गरेकी हुन् । जहाँ अहिले तीनहजार पाँचसय याँ कागतीको बिरुवा समेत लगाईएको छ । त्यस अवसरमा मन्त्री पौडेलले कृषि नै समृद्धिको आधार भएको बताईन् ।
