देशभर पहिलो पटक सामुदायिक वन राष्ट्रिय दिवस, तीन दर्जन जिल्लामा वृक्षारोपण

२४ श्रावण २०७३, सोमबार १५:२८
 

unnamed सदरलाइनडटकम
२५ साउन काठमाडौं : नेपालमा पहिलो पटक देशभर रहेका सामुदायिक वनले एक साथ सामुदायिक वन राष्ट्रिय दिवस मनाइएका छन् । सामुदायिक वनले वन संरक्षण र संवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै सरकारले यस वर्ष साउन २५ लाई सामुदयिक वन दिवसका रुपमा मनाउने निर्णय गरेपछि देशभरका सामुदायिक वन उपभोक्ता समूहले दिवस मनाएका हुन ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले बर्षौदेखि माग गर्दै आएकोमा वन मन्त्रालयले गत जेठ २० गतेको निर्णयले सरकारी, समुदाय र जिल्ला फेकोफनले त्रिपक्षीय रुपमा संयुक्त रुपमा सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको हो । दिवस साउन २४, २५ र २६ गते तीन दिनसम्म वृक्षारोपण, हाजिरी जवाफलगायतका विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सामुदायिक वन राष्ट्रिय दिवसको अवसरमा सोमवार भक्तपुर, कास्की, मोरङ, धनकुटा, पाल्पा, झापा लगायतका तीन दर्जन जिल्लामा वृक्षारोपण गरिएको फेकोफनका केन्द्रिय महासचिव भारती पाठकले जानकारी दिइन ।
सामुदायिक वन दिवसको अवसरमा सोमवार बिहान भक्तपुरको चाँगुनारायण सामुदायिक वन पुगेर वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले वृक्षारोपण गरेर दिवस शुभारम्भ भएको घोषणा गरेका थिए । सो अवसरमा धुपी, चाप, अमला लगायतका २ हजार विरुवा वृक्षारोपण गरिएको थियो ।
वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै वन सचिव ठाकुरले कृषि उद्योग जस्तै वन उद्योगलाई अगाडि बनाउने बताए । ‘वनको माध्यमबाट देश सम्बृद्धिको बाटोमा अघि बढ्छ”, सचिव ठाकुरले भने “वनलाई आर्थिक, सांस्कृतिक, सामाजिक र धार्मिक पक्षसँग जोडेर समाज विकासमा यसको महत्वलाई बढावा दिने काम गर्नुपर्छ ।’
फेकोफन अध्यक्ष गणेश कार्कीले सामुदायिक वन नेपालको गौरव भएकाले सरकारले राष्ट्रिय गौरवको अभियानको रुपमा अघि बढाउन माग गरे । “सरकारले बजेट छुट्टाएका योजना मात्र राष्ट्रिय गौरवको योजना हुने तर जनताले हुर्काएका वन क्षेत्र किन राष्ट्रिय गौरवको योजना बन्न सक्दैन ?” उनले प्रश्न गरे ।
अध्यक्ष कार्कीले सरकारले बजेट, नीति तथा कार्यक्रम र वन विकास गुरुयोजनामा सामुदायिक वनलाई नसमेटेकोमा आपत्ति जनाए ।
त्यसैगरी सोमवार सामुदायिक वन दिवसको अवसरमा वन विभाग, फेकोफन लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वन विभागunnamed (1)का निमित्त महानिर्देशक गणेश झाले नेपालको वन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामुदायिक वनको विकासमा सरकार कहिल्यै पनि वाधक नहुने बताए ।
‘   जसको साहाराले यति धेरै वन क्षेत्र विस्तार भयो, त्यसलाई खुम्च्याउने र कटौती गर्नुुपर्छ भन्नेमा वन मन्त्रालय र विभाग कहिल्यै हुँदैन’, महानिर्देशक गणेश झाले भने, ‘सबै वन र वन कर्मचारी स्वच्छ छैनन् । न त सबै चोर नै छन् । दुई चार वटा नराम्रो भएकाले गन्हाएको हो । हामी राम्रो गर्नेलाई प्रोत्साहन र पुरस्कृृत गर्ने र नराम्रो गर्नेलाई कारबाही गर्छौं ।’
वन विभागका अनुसार नेपालका ७५ वटै जिल्लामा सामुदायिक वन छन् । देशैभरी १८ हजार ९ सय ६० वटा सामुदायिक वन हस्तान्तरण भएका छन् । देशको झण्डै १८ लाख हेक्टरमा सामुदायिक वन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक योगी सम्मानित

२४ श्रावण २०७३, सोमबार १५:२८
सदरलाइनडटकम २६ साउन, नेपालगन्जः समाजमा सामाजिक सदभाव कायम गर्न उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक बागेश्वरी मन्दीर नेपालगन्जका मुल महन्त चन्द्रनाथ योगी नेपाल सरकारबाट सम्मानित भएका छन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रायलले उनलाई समाजमा अन्तरधार्मिक सद्भाव शान्ति र मेलमिलाप अभिबृद्धि गर्न योगदान पु¥याए वापत […]