ट्रकको ठक्करबाट कोहलपुरमा एक युवकको मृत्यु

सदरलाइन संवाददाता २१ माघ २०७९, शनिबार १२:४८
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रवार राती ९ नजे कोहलपुर ३ मदन चोकमा रा १ क १३५६ नम्बरको ट्रकले भे७प ८४३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा कोहलपुर ११ जय प्रकाश घर्ती रहेका छन् । उनलाई कोहलपुरतर्फ आउँदै पश्चिम तर्फ गइरहेको ट्रकले ठक्कर दिएको थियो । घर्तीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा मैत्रीपूर्ण फुटसल, शिक्षिकाहरुलाई हराउँदै पत्रकार महिला विजयी

२१ माघ २०७९, शनिबार १२:४८
नेपालगञ्ज : नेपालगञ्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका […]