सम्पादक साईको कोरोना संक्रमणका कारण मृत्यु

सदरलाइन संवाददाता १ जेष्ठ २०७८, शनिबार १९:०८
 


नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादक रईश साईको कोरोना संक्रमणको कारण उपचारको क्रममा ज्यान गएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा प्रशाशन शाखामा समेत कार्यरत रहेका स्व. साईको शनिबार बिहान उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।


स्व.साईको मृत्यु प्रति नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतरी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका संघ संस्थाहरुले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

दोस्रो भेरिएन्टको कोरोना कहरबाट जोगिनको लागि पत्रकार महासंघ बाँके तथा पत्रकार निकट संघ संस्थाहरुले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रह समेत गरेका छन । नेपालगञ्ज निवासी स्वर्गीय साईको शनिबार दिउँसो ईस्लामिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ७ जनाको मृत्यु

१ जेष्ठ २०७८, शनिबार १९:०८
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत मधुवन नगरपालिका ९ बर्दियाका ७१ वर्षीय पुरुष, बढैयाताल १ बर्दियाका ५० वर्षीय पुरुष, रुन्टीगढी ३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल २ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगञ्ज १९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर १५ बाँकेका ६७ […]

सम्बन्धित