सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरका ५ गाउँ जोड्ने ८ मिटर चौडा बाटो बनाउन शुरु गरिएको छ । करीब एक किलोमिटर लामो बाटो बनाउने काम भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
अहिले करीब ४ किलोमिटर मात्रै चौडा बाटोलाई ८ मिटर फराकिलो बनाउन केही स्थानीयले अवरोध गरेपछि आफू स्वयम् गाउँमा पुगेर काम थालेको शाहले बताए । शहरी विकास आयोजनाअन्तर्गत ७० लाख लागतमा निर्माण भईरहेको बाटोले गंगापुरदेखि जमुनी हुँदै कोहला गाउँलाई जोड्नेछ । अहिले माटो पटानको काम भइरहेको उनले जानकारी दिए ।
२ वटा एक्साभेटर र ट्रयाक्टर लगाएर काम तीब्र गतिमा भइरहेको अध्यक्ष शाहले बताए । नरैनापुरका हरेक गाउँटोललाई सडक सञ्जालमा जोड्ने रणनीतिका साथ ६ मिटर बढी फराकिलो बाटो बनाउने कामलाई गाउँपालिकाले तीब्रता दिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
