दैलेख जीप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

१२ मंसिर २०७५, बुधबार १४:५७
 

सदरलाइनडटकम,
दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकामा जीप दुर्घटनामा परी मृतकको संख्या पाँच पुगेको छ भने ३ जना घाइते छन् । सुर्खेतबाट ठाँटीकाँध गाउँपालिका ३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधवार बिहान ८ बजे ठाँटीकाँध गाउँपालिका ३ को धामीगाउँनजिक दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही, वडा नम्बर १ का अन्दाजी ३० वर्षीय निर्मल बमको घटनास्थलमै मृत्यु भएको थियो भने थप मृत्यु हुनेमा ३० वर्षीय चालक रमेश शाही, ठाँटीकाँध गाउँपालिका ३ की ४६ वर्षीया रत्ना शाहि, ठाँटीकाँध गाउँपालिका ४ का २६ वर्षीय दिलीप शाहीको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताए ।
घाइते हुनेमा ठाँटीकाँध गाउँपालिका १ का २८ वर्षीय समशेर बम ठाँटीकाँध गाउँपालिका ३ की २८ वर्षीया मनीषा रास्कोटी ठाँटीकाँध गाउँपालिका १ का जुद्ध सूची रहेको उनले जानकारी दिए । घाइते ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि सुर्खेत पठाइएको क्षेत्रीले बताए ।

Next Post

सिक्टाभन्दा पहिला पप्पु कन्सट्रक्सनले ठेक्का तोडेको दाबी

१२ मंसिर २०७५, बुधबार १४:५७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा निर्माणको क्रममा रहेको सिक्टा सिंचाई आयोजनाले पछिल्लो दिनमा निक्कै चर्चा बटुलेको छ । चर्चा बटुल्नुको कारण आयोजना र निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीबीचको आरोप प्रत्यारोप हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिंचाइ आयोजना निर्माणमा एकपछि अर्को अनियमिता बाहिर आउन थालेपछि सिक्टाले आफ्नो गैरजिम्मेवारी लुकाउन […]