धम्बोझीमा व्यवसायी स्व.आचार्यको शोकसभा

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १३:४०
 

नेपालगञ्ज : संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी नै आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायी आचार्यको निधनप्रति दुःखी त थिए नै सरकारप्रति आक्रोस पनि व्यक्त गरिरहेका थिए ।

धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल्लेखिय कदम नचाल्दाको परिणाम उद्योगी,व्यवसायीले अनाहकमा ज्यान गुमाइरहेको व्यवसायीको आरोप छ ।

इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो । उनको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघको आह्वानमा बिहिवार उद्योग, व्यवसाय बन्द गरी शोकसभामा सहभागि भएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।


अध्यक्ष मन्सुरील सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योग/व्यवसाय धराशायी बनेको बताए । पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको जनाए । महासचिव चिरञ्जीवी ओलीका अनुसार, हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम चालिएको छैन । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य भएको ओली बताउँछन् ।

अकल्पनीय घटनाले देशभरका उद्योगी/व्यवसायीलाई मर्माहत र पीडा दिएको छ । यो एउटा व्यक्तिको मृत्यु भएको सामान्य घटना होइन हरेक क्षेत्रमा अब्यवहारिक नीति निर्माण गर्ने राज्य चलाउनेहरुको अनुहारमा कहिले पनि नमेटिने गरेर लागेको कालो धब्बा हो । आत्मदाह पुर्ब आचार्यले उठान गर्नु भएको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी,व्यवसायी भोग्नुपरिरहेको संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियू दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

१२ माघ २०७९, बिहीबार १३:४०
दाङ : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । यूनियनका २३ औं अधिवेशनले बस्नेतको ५१ सदस्यीय कमिटी चयन गरेको छ । उनी यसअघि सचिव थिए । सर्वसम्मत रुपमा चयन भएको कमिटीको उपाध्यक्षमा गणेश खड्का र वसन्तप्रसाद भण्डारी, सचिवमा लक्ष्मण गिरी, […]

सम्बन्धित