अनेरास्ववियू दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १३:४७
 

दाङ : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन दाङको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित भएका छन् । यूनियनका २३ औं अधिवेशनले बस्नेतको ५१ सदस्यीय कमिटी चयन गरेको छ । उनी यसअघि सचिव थिए ।


सर्वसम्मत रुपमा चयन भएको कमिटीको उपाध्यक्षमा गणेश खड्का र वसन्तप्रसाद भण्डारी, सचिवमा लक्ष्मण गिरी, सह–सचिवमा राजन घर्ती, मन्जु देवकोटा र सुशन्धोज पौडेल चयन भएको अनेरास्ववियू दाङले जनाएको छ । कोषाध्यक्षमा कपिल बुढाथोकी चयन भएको नवनिर्वाचित अध्यक्ष बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो

१२ माघ २०७९, बिहीबार १३:४७
नेपालगञ्ज : लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनका लागि प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराएका छन् । बाँके ३(१)बाट निर्वाचित सांसद खत्री बिहीवार प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय शाह सहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न […]