कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

सदरलाइन संवाददाता २७ आश्विन २०७७, मंगलवार १७:५९
 

डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाले मंगलवार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाअन्तर्गत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो ।

जुत्ता वितरण गर्दै गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनपर्छ ।’


गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै उनले जटिल समस्याबाहेक सम्पूर्ण रोगको उपचार तथा औषधी वितरण गाउपालिकास्तरमा हुने गरेको बताए ।

विरामीलाई हिँड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए ।

Next Post

देशभर ३५ सय बढी संक्रमित थपिए

२७ आश्विन २०७७, मंगलवार १७:५९
काठमाण्डौ : देशभर मंगलवार ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ५ सय ७७ नमुना परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । उनीहरुमध्ये ६ सय […]