बाँके रेडक्रसले पायो ब्लड संकलन गर्ने घुम्ती बस

सदरलाइन संवाददाता १२ माघ २०८०, शुक्रबार १५:३३
 

नेपालगञ्ज : रगतको सहज व्यवस्थापनमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाँके रेडक्रसलाई ब्लड संकलन गर्ने मोबाइल बस एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ ।

सघन बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक–एकवटा ब्लड–संकलन बस वितरण गर्ने योजना अनुरुप बाँके रेडक्रसलाई बस हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. बद्री केसीले बताए । उनले नेपालको विकास र समृद्धिका लागि महासंघले हातेमालो गरेर अगाडि बढी रहेको जिकिर गरे

नेपालगञ्जमा शुक्रबार आयोजित विशेष कार्यक्रममा संघले उक्त बस नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दीन मार्फत बाँके रेडक्रसलाई बस हस्तान्तरण गरेको हो । कार्यक्रममा संघका उपाध्यक्ष राम शरण सिम्खडाले यसअगाडि बागमती र सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई एक÷एक वटा ब्लड संकलन बस उपलब्ध गराइएको बताए ।

उनले नेपालको विषम परिस्थितिमा सरकारले गर्न नसकेको काम पनि एनआरएनएले गरेको दाबी गरे । उनले विदेशमा बस्ने नेपालीले देशप्रतिको मायाका कारण विभिन्न सामाजिक काममा साथ दिँदै आएको बताए ।

काबा मेयर राइले एनआरएनएका पदाधिकारीहरूलाई नेपालगञ्जको विकास र समृद्धिका लागि हातेमालो गरी अगाडि बढ्न आग्रह गरे । उनले ब्लड संकलन बसले पश्चिम नेपालका जनताको उपचारमा सहज पु¥याउने विश्वास व्यक्त गरे । रेडक्रसद्धारा सञ्चालित ब्लड बैंकले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ । रेडक्रस बाँकेका सभापति गोर्वधन सिंह सम्झनाले ब्लड संकलन बसले बिरामीलाई रगत संकलन गरी थप सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।


रगतको माग दिनप्रतिदिन बढ्दै जाँदा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले रगत व्यवस्थापनमा सघाउने उद्देश्यका साथ उक्त बस ल्याइएको एनआरएनएका माल्टाका उपाध्यक्ष सत्यनारायण झाले बताए ।

उक्त बसभित्रै राखिएका विशेष सिटमा बसेर रक्तदान गर्न सकिन्छ । बाहिर रक्तदान गर्नुपर्ने अवस्थामा बसमै अट्याच भएको पाल टाँगेर पनि रक्तदान गर्न सकिन्छ । त्यसका लागि अतिरिक्त सिट राखिएको छ । उक्त बस ७० लाख रुपैयाँमा खरिद गरिएको झाले जानकारी दिए । बसमा बसेर एकै पटकमा पाँचजनाले रक्तदान गर्न सक्ने उनको भनाइ थियो ।

त्यस्तै रगत चिस्याउने, रगत झिक्ने र स्वास्थ्यकर्मी बस्ने व्यवस्था बसभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न यो बस निकै उपयोगी हुनेछ । उक्त बसको सहयोगबाट प्रतिकूल मौसममा समेत रगत संकलन गर्न सहज हुनेछ ।

बस हस्तान्तरण कार्यक्रममा रक्त संचार व्यवस्थापन समितिका संयोजक राजकुमार बर्माले रगतको माग दिनहुँ बढिरहेका बेला एनआरएनएले गरेको कार्य निकै सराहनीय रहेको बताए । यस्तै समितिका सदस्य एवं अधिकारकर्मी आलम खानले पश्चिम नेपालका जनताका निम्ति रगतको व्यवस्थापनमा यो कोसेढुंगा सावित हुने उल्लेख गरे ।

कार्यक्रममा एनआरएनएका विभिन्न पदाधिकारी, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, रेडक्रसका पदाधिकारीलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रेडक्रसका कार्यक्रम संयोजक निरन्जना मल्लले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बिद्यार्थीलाई सिकाईमा परिवर्तनबारे परामर्श

१२ माघ २०८०, शुक्रबार १५:३३
नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गरेका थिए । उनले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप […]

सम्बन्धित