डा.राजन पाण्डे थारू रत्न पुरस्कारबाट सम्मानित हुँदै

सदरलाइन संवाददाता ३० पुष २०७९, शनिबार १३:५५
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

थारु आयोगले थारू समुदायका लागि योगदान गर्ने चार जनालाई थारू रत्न पुरस्कारबाट सम्मानित गर्नेक्रममा डा. पाण्डेलाई पनि उक्त पुरस्कारका लागि छनौट गरेको हो ।

थारु समुदायमा देखिएको सिकसलसेल रोगको पहिचान, उपचार र निदानमा डा.पाण्डेले महत्वपूर्ण योगदान पुराएको भन्दै स्वास्थ्य बिधातर्फको थारू रत्न पुरस्कारबाट सम्मानित गर्न लागिएको थारु आयोगले जनाएको छ ।


डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्ट हुन् । उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए ।

सिकसलसेल तथा थालेसेमिया रोगको पहिचान, निदान र उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा. पाण्डे थुप्रै राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुका साथै थुप्रै विभूषणबाट विभूषित समेत भइसकेका छन् ।

भेरी अस्पतालमा बसेर सेवा दिँदै आएका डा.पाण्डे पछिल्लो समय पश्चिम तराईका थारु समुदायलाई सिकलसेल तथा थालेसेमिया रोगबारे गाउँगाउँमा पुगेर जनचेतना फैलाउने कार्यमा पनि सक्रिय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नदी कटान क्षेत्रको स्थलगत अनुगमन

३० पुष २०७९, शनिबार १३:५५
नेपालगञ्ज : मानखोलाको कटान नियन्त्रणका लागि तत्काल काम शुरु गर्ने उद्देश्यले बाँके ३(१) का सांसद रत्न खत्री शनिवार स्थलगत अनुगमन गरेका छन् । जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालयका प्रमुख पर्शुराम चौधरी र सब ओभरसियर कमल नेपालीसहित मानखोला र जेठि खोलाले बढी कटान गरेको क्षेत्रमा स्थलगत अनुगमन गरि जानकारी लिए […]

सम्बन्धित