हिमाली जिल्ला हुम्लामा खच्चडबाटै इन्धन ढुवानी

सदरलाइन संवाददाता २९ पुष २०७९, शुक्रबार १४:४२
 

हुम्ला : हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो ।

जुम्लाका खच्चड व्यवासायी पदम रोकायाले सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्लाका लागि खच्चडबाट इन्धन ढुवानी गर्ने कार्य भइरहेको बताए ।

उनले बर्षामा सडक भत्किएका कारण इन्धन ढुवानी कार्य रोकिएकामा हाल सडकको मर्मत भएर सञ्चालनमा आएपछि खच्चडमा इन्धन ढुवानी सुरु भएको बताए ।

उनले इन्धनमा पेट्रोल र डिजेल ढुवानी हुने र त्यसका लागि सलीसल्लाबाट प्रतिलिटर ५० रुपियाँ, सर्केगार्डबाट ४० रुपियाँ र दुल्लीकुनाबाट ३० रुपियाँ भाडा लिने गरिएको बताए ।


माथिल्लो हुम्लामा इन्धनको अभाव भइरहेका बेला खच्चडमा ढुवानी गर्ने कार्य सुरु भएको हो । यसअघि हेलिकोप्टरबाट इन्धन ढुवानी गर्दा भाडा महँगो पर्ने भएपछि यातायात व्यवसायी र निर्माण व्यवसायी पैदल मार्गबाट इन्धन ढुवानी गर्न थालेका हुन् ।

खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले हेलिकोप्टरबाट ढुवानी भएको इन्धनभन्दा पैदल मार्गबाट खच्चडमा ढुवानी भएको इन्धन सस्तो पर्ने भएका कारण पहिलेको मूल्यभन्दा कमी आएको बताए ।

उनले सिमकोटमा डिजेल प्रतिलिटर ३१४ रुपैयाँ (३५ लिटरको ग्यालेनको ११ हजार) र पेट्रोल प्रतिलिटर साढे चार सय रुपियाँ पर्ने गरेको बताए । खच्चडमा ढुवानी भएको इन्धन यातायातका साधन र विकास निर्माणमा प्रयोग हुने मेसिनका लागि प्रयोग हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके युनेस्कोद्वारा तीन महिने मोबाइल र एसी फ्रिज मर्मत तालिम सञ्चालन

२९ पुष २०७९, शुक्रबार १४:४२
नेपालगञ्ज : बाँके युनेस्को क्लबले विपन्न बेरोजगार युवाका लागि मोबाइल र एसी तथा फ्रिज मर्मत तीन महिने तालिम नेपालगञ्जमा सञ्चालन गरेको छ । कतार च्यारिटिको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत सो तीन महिने तालिम शुरु गरिएको हो । नेपालगञ्जका ७ र जानकी गाउँपालिकाका १ गरेर ८ जना […]