विद्यालय हिँडेकी सोह्र बर्षीया किशोरी पाँच दिनदेखि बेपत्ता

२६ भाद्र २०७५, मंगलवार १५:३७
 

सदरलाइनडटकम,
कपिलवस्तु : विद्यालयका लागि घरबाट गएकी कपिलवस्तुकी एक बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । भाद्र २१ गते विद्यालय जान भनेर गएकी वाणगंगा नगरपालिका ९ भलवाङकी १६ वर्षीया बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् । छोरी खोजिदिनका लागि आमा सुनिताले इलाका प्रहरी कार्यालय पिप्रामा निवेदन दिएकी छन् ।
बाग्लुङ बुर्तिवाङ माइती घर बताउने सीता परियारसँग सोही दिन बसन्ता बन्जाडेलाई देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सीता पनि परिवारको सम्पर्कमा नआएकोले उनका पति शिव परियारले पनि प्रहरीमा जाहेरी दिएको पिप्राका प्रहरी निरीक्षक चन्द्र केसीले बताए ।
खोज तलाशका लागि दुबै जनाको हुलियासहित सबै प्रहरी युनिटमा सञ्चार पठाएको उनले जानकारी दिए । अदालतले अनुमति दिए लगत्तै टेलिकमबाट कल डिटेल झिकाएर थप अनुसन्धान शुरु गरिने भन्दै प्रहरी निरीक्षक केसीले त्यसका लागि कल डिटेल झिकाउने प्रक्रिया अगाडी बढाएको बताए ।

Next Post

तीजका अवसरमा दर खाएर रमाइलो गरिँदै

२६ भाद्र २०७५, मंगलवार १५:३७
सदरलाइनडटकम, नेपालगञ्ज : हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन मंगलवार विभिन्न मीठा–मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज शुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, […]