धारिलो हतियार प्रहारबाट नेपालगञ्जमा तीन जना घाइते

सदरलाइन संवाददाता १७ पुष २०७९, आईतवार १५:५२
 

नेपालगञ्ज : नेपालगञ्जको गणेशपुरमा एक समुहले धारिलो हतियार प्रहार गर्दा ३ जना घाइते भएका छन् । उक्त समुहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुगम शाह घाइते भएका हुन् ।

नेपालगञ्ज ४ गणेशपुरस्थित आफन्तको घरमा पुगेका बेला उक्त समुहले आइतबार दिउँसो १ बजेतिर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।


आक्रमण गर्ने समुहको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आक्रमण गर्ने क्रममा उनीहरू ६ जनाको संख्यामा आएको र भारतीय नम्बर प्लेटको गाडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कांग्रेस लुम्बिनी प्रदेशःसंसदिय दलको नेता छान्न प्रक्रिया सुरु

१७ पुष २०७९, आईतवार १५:५२
दाङ : नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदिय दलको नेता चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सकेसम्म सर्वसम्बतको प्रयास थालिए पनि आकांक्षिहरुले नमाने पछि निर्वाचन प्रकृया सुरु गरिएको नेपाली काँग्रेस स्रोतले जनाएको छ । सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अन्तरगत आज बिहान ८ बजेदेखि ९ बजेको समय मनोनयन दर्ताको लागि […]