बर्दियामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता १५ पुष २०७९, शुक्रबार १३:५८
 

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनकट्टी नजिक ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

भुरिगाउँबाट धान लिएर जाँदै गरेको भे १ ख ३८३७ नम्बरको ट्रक र भे ७ प ४६८२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–५ शाहिपुरका २६ वर्षीय आशिष थारुको ज्यान गएको हो ।


थारुको ज्यान गएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको भुरीगाउँ बजार र गुलरिया जाने हुलाकी सडक खण्ड अवरुद्ध पारेका छन् ।

ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बगनाह भुरिगाउँका प्रहरी निरीक्षक पवन पछाईले जानकारी दिए । पीडित पक्षसँग वार्ता गरी सहमतिमा ल्याउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ईलेक्टिक एशाेशिएसनद्वारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै

१५ पुष २०७९, शुक्रबार १३:५८
नेपालगञ्ज  : नेपालगञ्ज इलेक्ट्रोनिक्स एशाेसिएसन बाँकेले यही पाैष १६ गते शनिवारका दिन नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने भएकाे छ । शिविरमा न्यू दिल्लीबाट मास्टर इन इमर्जेन्सी मेडिसिन गर्नु भएका डाक्टर सल्मान निजाम, छाला तथा याैन राेग विशेषज्ञ डाक्टर अनिशा उप्रेती (एमबीबीएस एमडी), कन्सलटेन्ट अर्थाेपेडिक एण्ड ट्रामा सर्जन (हाडजोर्नी, […]

सम्बन्धित