सदरलाइनडटकम,
खजुरा (बाँके) : लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्ज, खजुरा र न्यू भिजन नेपाल पोलिक्लिनिक प्रालि खजुराको संयुक्त आयोजनामा खजुरा स्थित ज्ञानोदय नमुना माबिमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । संविधान दिवसको अवसर पारेर आयोजित शिविरमा दाँत, कान र आँखाको परिक्षण तथा उपचारसमेत गरिएको हो ।
बिद्यार्थीसंग लायन्स, हामी सेवा गर्छौ भन्ने नाराका साथ गरिएको शिविरमा बिद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष एकमाया बिकले स्वास्थ्य जनताका आधारभूत आवश्यकता भएकाले यसतर्फ खजुरा गाउँपालिका सचेत रहेको बताईन् ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा भएको निःशुल्क दाँत, कान र आँखाको परीक्षणमा एक हजार बढीले सेवा लिएको ज्ञानोदय नमुना माबि ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।
