होटल सिटी प्यालेसको स्वाद प्रादेशिक महोत्सवको १३ नं. स्टलमा

२० माघ २०७४, शनिबार १८:२९
 

सदरलाइनडटकम
२० माघ, नेपालगन्ज : नेपालगन्जको धम्बोझि चोकमा रहेको होटल सिटी प्यालेसले आफ्ना ग्राहकको लागि कारकाँदोको महोत्सव परिसरमा समेत व्यवस्था गरेको छ ।
मोमो तथा चाउमिन लगायत अन्य परिकारको स्वादका पारखिको लागि नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सवको खाद्य तथा रेस्टुरेन्टको १३ औं नं. स्टलमा व्यवस्था गरिएको छ ।
होटल सिटी प्यालेस धम्बोझीले आफ्ना ग्राहकको मागलाई ध्यानमा राखेर महोत्सवमा फास्टफुडको लागि स्टल राखिएको व्यवस्थापक पदम सुवेदीले जानकारी दिए ।
उनले भने–‘ग्राहक र होटलका शुभ चिन्तकको माग अनुसार स्टल राखिको हो, उहाँहरु (ग्राहक)को माग बमोजिम पुराउनै सकिएको छैन । सबैभन्दा बढी मोमोको अर्डर आउने गरेको छ । मोमोकै हाराहारीमा चाउमिन पनि गएको छ ।’
उनले महोत्सवमा आउने दर्शकहरुको सबै भन्दा बढी माग हुने मोमो र चाउमिन रहेको बताए । त्यसका साथै चिकेन आईटम, ससेज, अन्य आईटम पनि चल्ने गरेको जानकारी दिए ।


 

Next Post

पैँचोको उत्पादन अव दाङमा, घोराहीमा विक्री केन्द्रको खोलियो

२० माघ २०७४, शनिबार १८:२९
सदरलाइनडटकम २० माघ, दाङ्ग  : ‘बसे पनि शहर गाँउ कै खाने रहर’ भन्ने मूल नाराका साथ २०७३ सालबाट उत्पान थालेको पैँचो फूड प्रोडक्सले दाङबाट आफ्नो बिक्री शुरु गरेको छ । पैँचो फूड प्रोडक्सले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो । २०७३ सालदेखी गुल्मीबाट शुरु गरेको अभियान बिस्तार […]