ग्रेडसिट नपाउँदा विद्यार्थी समस्यामा

२१ श्रावण २०७५, सोमबार १०:२४
 

तुलसीपुर, दाङको बबई गाउँपालिकाअन्तर्गतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रछात्राको शैक्षिक शत्र २०७४ सालमा सञ्चालन भएको कक्षा ८ को गाँउपालिका स्तरीय परीक्षाको ग्रेडसिट शैक्षिक शत्र शुरु भएको झण्डै चार महिना बित्न लाग्दासम्म पनि गाउँपालिकाले उपलब्ध गराउन सकेको छैन ।

एउटा विद्यालयमा अध्ययनरत छात्रछात्रा अर्को विद्यालयमा अध्ययन गर्न जाँदा मार्कसिट र क्यारेक्टर सर्टिफिकेट पेस गर्नुपर्दछ । जुन कक्षा ६ र ९ मा त अनिवार्य मानिन्छ । तर गाउँपालिकाले कक्षा ८ का ग्रेड सिट समयमा नै उपलब्ध गराउन नसक्दा शैक्षिक शत्र २०७५ मा कक्षा ९ मा भर्ना भएर पनि प्रथम त्रैमासिक परीक्षासमेत दिइसके ।

गाउँपालिकाभित्रका आधारभूत विद्यालयबाट माविमा भर्ना हुन त्यति समस्या नभएता पनि गाउँपालिका र जिल्ला बाहिर जानुपर्ने विद्यार्थीका लागि यो जटिल समस्या भएको छ ।


कक्षा ९ को रजिष्टे«शन फाराम भर्ने समय नजिकिँदै गर्दा फाराम साथ अनिवार्यरुपमा पेस गर्नुपर्ने ग्रेडसिट उपलब्ध नहुँदा शिक्षक, विद्यार्थी तथा अभिभावकमा अन्योलता छाएको जीव न्यौपानेले बताए ।

बबई गाँउपालिकाका श्रोतव्यक्ति दामोदर अधिकारीले आर्थिक अभावका कारण ग्रेडसिट वितरणमा समस्या भएको जानकारी दिनुभयो । सप्टवेयर व्यवस्थापन गर्ने, ग्रेडसिट छपाउने, मार्कलेजर तयारी गर्ने, ग्रेडसिट प्रिन्ट गर्ने कार्यमा लागेको खर्च सम्बन्धित व्यक्ति साइबर तथा तथा अफसेट प्रेसले भुक्तानी नपाएको कारण रोकिएको र गाउँपालिकाबाट रकम भुक्तानी हुनासाथ तुरुन्त बैठक बसालेर वा सम्बन्धित विद्यालयलाई बोलाएर ग्रेडसिट वितरण गरिने श्रोतव्यक्ति अधिकारीको भनाइ छ ।

रासस

Next Post

२१ साउन २०७५ सोमवारको राशिफल

२१ श्रावण २०७५, सोमबार १०:२४
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त संग भेट घाट हुनेछ, आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धार्मिक यात्राको योगछ ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम […]