नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १७ सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४ जनाको परीक्षण गर्दा बाँकेका १७ सहित ४० जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रवार थपिएका संक्रमितमा बर्दिया, दाङ, अछाम, सिराहा र सल्यानका पनि रहेका छने । भेरी अस्पतालले हालसम्म ४८ हजार २ सय ६९ जनाको स्वाव परीक्षण गर्दा ४ हजार १ सय ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।