धनगढीमा निषेधाज्ञा हट्यो

सदरलाइन संवाददाता १७ मंसिर २०७९, शनिबार १३:५१
 

धनगढी : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ । ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो ।

अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो ।


निषेधाज्ञाबीच शुक्रबार पनि प्रदर्शन चर्किएपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो भने केही विद्यार्थी र अन्य केहीलाई नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिममै उत्कृष्ट अस्पताल

१७ मंसिर २०७९, शनिबार १३:५१
बैतडी : जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा […]