रोल्पामा पुरुषभन्दा महिला मतदाता धेरै

सदरलाइन संवाददाता ३ मंसिर २०७९, शनिबार १३:३१
 

रोल्पा : आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ ।

जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको सङ्ख्या बढी देखिएको बताइएको छ ।

जिल्लामा एक सय ७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार चार सय ७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सात ४७१ मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने बताइएको छ ।


निर्वाचनका लागि रोल्पामा तीन सुरक्षा अङ्गका करिब दुई हजार हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपेटिका पुगिसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षाका कारण कुनै समस्या नहुने भएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ सापकोटाले आग्रह गरे ।

निर्वाचनका लागि रोल्पामा ८६ मतदान स्थलको व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ती मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा बन्दोबस्ती गरिएको छ । सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा निर्वाचनको आवश्यक सबै तयारी सकियो

३ मंसिर २०७९, शनिबार १३:३१
  नेपालगञ्ज  :  आइतबार सम्पन्न हुने आमनिर्वाचनको तयारी बाँकेमा पुरा भएको जनाईएको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बाँकेमा १३८ मतदान स्थलमा ३ सय ८० मतदान केन्द्र निर्माण गरिएको छ । बाँकेमा मतदानको लागि केन्द्र निर्माण गर्नेकार्य सम्पन्न भएको बाँकेका मुख्य निर्वाचन अधिकृत तथा […]

सम्बन्धित