बाँकेमा घट्दै कोरोना संक्रमण, खाली हुँदै शैय्या

सदरलाइन संवाददाता २२ जेष्ठ २०७८, शनिबार १७:४९
 

नेपालगञ्ज : कोरोना संक्रमणको दोस्रो लहरले थलिएको बाँकेमा हालका दिनहरूमा कोरोना संक्रमण दर र मृत्यु दरमा कमि आएको छ । बाँकेमा कोरोना संक्रमण नियन्त्रणमा देखिए संगै कोरोना संक्रमितको उपचार हुँदै आएका भेरी अस्पताल र कोहलपुर शिक्षण अस्पतालका श्यया खाली भएका छन् ।

लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० श्ययामध्ये ४४ श्यया खाली भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ श्यया खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् ।


यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकल श्ययामध्ये १३ श्यया र युनाइटेड अस्पतालका १५ श्ययामध्ये १० श्यया खाली भएका छन् ।

बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । संक्रमणको दर घटेसंगै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले ओपिडी सेवा समेत शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा चार जनाको मृत्यु

२२ जेष्ठ २०७८, शनिबार १७:४९
नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप चारजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना र युनाइटेड अस्पताल नेपालगञ्जमा एकजना गरि थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार बासगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ […]