सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलबारबाट संचालन हुन लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पुराभएको आयोजकले जनाएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म संचालन गरिने मेलाको सम्पूर्ण तयारी पुरा भएको दिदै मेलाको उद्घाटनमा ड्रोनबाट पुष्पवर्षा गरिने भएको छ ।
क्यान ईन्फोटेकको चौथो संस्करणको उद्घाटनमा प्रदेश नं. ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले गर्ने कार्यक्रम तय भएको क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले जानकारी दिए ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ(नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान ईन्फोटेक २०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ आयोजना गर्न लागिएको शर्माले बताए ।
मंगलवार बिहान ११ः३० बजेबाट सुरु हुने मेलाअघि बिपीचोकबाट गरीने प्रभातफेरी धम्वोझीचोक हुँदै इन्फोटेक आयोजना स्थल सिद्धार्थ कटेजमा पुगेर उद्घाटन समारोहमा परिणत हुने आयोजकले जनाएको छ । उद्घाटनसमारोहमा यसक्षेत्रमै पहिलो पटक ड्रोनबाट पुष्पवर्षा गरिने छ भने नेपाली विद्यार्थीले बनाएको कारको समेत बिशेष प्रदर्शनी हुने छ ।
४ दिनसम्म संचालन गरीने इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको यस पटकको क्यान इन्फोटेकमा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको जनाएको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने छ ।
मेलामा नेपाली बैज्ञानिकद्धारा निर्मित रोबट तथा अन्य प्रविधिहरुको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिताका साथै पब्जी, फिफा लगायत बिभिन्न खेलहरुमा समेत प्रतिस्प्रर्धा हुने भएको छ ।पत्रकार सम्मेलनमा कार्यक्रममा क्यान बाँकेका तथा केन्द्र्र्रीय पूर्व पदाधिकारी आईपी पोख्रेल, सञ्जय थापा, भोजराज तिमिल्सेना, सुदिप शर्मालगायतको सहभागिता रहेको थियो ।