डोटीका भूकम्पपीडितलाई राहत वितरण

सदरलाइन संवाददाता २९ कार्तिक २०७९, मंगलवार १३:५१
 

नेपालगञ्ज : डोटीका भूकम्पपीडितलाई कैलाली उद्योग वाणिज्य संघमार्फत राहत वितरण गरिएको छ । मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडितलाई राहत वितरण गरिएको हो ।

संघको अनुरोधमा गैर आवासीय नेपाली संघले ५ लाख बराबरको राहत सहयोग गर्ने सम्झौता भएअनुसार उक्त राहत वितरण गरिएको बताइएको छ ।


मंगलवार बिहान गैरागाउँका भूकम्पबाट ज्यान गुमाएका ६ जनाका परिवार र अन्य भूकम्पपीडितलाई राहत वितरण गरिएको जनाइएको छ । उक्त राहत सामग्री कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा ४० मतदानस्थल अति संवेदनशील

२९ कार्तिक २०७९, मंगलवार १३:५१
सल्यान : दुई अस्थायीसहित १ सय १९ मतदानस्थल रहेको सल्यानमा ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्लाको भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लाका १० स्थानीय तहका सबै क्षेत्रका मतदानस्थल अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए । दुर्गम, […]