कोहलपुरको अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिनेछ : भुसाल

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १६:०३
 

कोहलपुर (बाँके) : नेकपा एमालेका तर्फबाट कोहलपुर नगरपालिकाका मेयरकम उमेदवार खिलप्रसाद भुसालले भुमिहिन र अब्यवस्तित बसोवासीको समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन् । उनले अव्यवस्थित बसोबासी र भूमिहीनलाई प्रकृया पुरागरी लालपुर्जा वितरण गर्ने कार्य आफ्नो प्राथमिकता रहने बताएका हुन ।

नेकपा एमाले कोहलपुरले वडा नम्बर १ मा भएको घरदैलो कार्यकममा भुसालले कोहलपुर नगरभित्र धेरै भुमिहिन तथा अव्यवस्थित बसोबास मुख्य समस्या भएको र यसलाई जतिसक्दो छिटो समाधान गर्न आफू लागि पर्ने बताए ।


मेयर पदका उमेदवार भुसालले भने–‘कौशिलानगरमा अव्यवस्थित बसोबास र दलितका मुद्दाहरुमा म सजग छु ।’ उनले शिक्षा,स्वास्थ्य, खानेपानी लगायत सामाजिक मुद्दाहरुका बिषयमा एमाले सजग रहेको बताए ।

नेकपा एमाले कोहलपुरले वडा वडामा पुगेर मतदातासंग भेटघाट तथा आफ्नो पार्टीले जितेपछि कोहलपुरमा गर्ने कामहरुको प्रतिबद्दतासहित मतदाताहरुको घरदैलोमा अभियानमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको बैजनाथ–१मा घरदैलो, वडाका बागीले छाडे मैदान

२० बैशाख २०७९, मंगलवार १६:०३
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल, उपाध्यक्ष प्रेमपूर्ण योगी लगायतका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । मंगलबार उनीहरुको टिम वडानं १ मा मतदातामाझ पुगेका छन । सो वडाबाट आधिकारिक उम्मेदवार बिरुद्ध बागि उम्मेदवार बनेका धनभक्त बुढाले एमालेको आधिकारिक उम्मेदवार रुपबहादुर मल्ललाई सघाउने भन्दै […]