वडाअध्यक्ष ओलीद्वारा विपन्न बालबालिकालाई स्टेशनरी र पोषाक सहयोग

सदरलाइन संवाददाता १७ कार्तिक २०७९, बिहीबार १४:२८
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउपालिका वडान २ का वडाअध्यक्ष ज्ञानेन्द्र राज ओलीले आफ्नो तलब भत्ताबाट सोही वडाका विपन्न बालबालिकालाई विद्यालय पोषाक र स्टेसनरी सहयोग गरेका छन ।

उनले आफ्नो जनप्रतिनिधि वापत आउने तलब भत्ताबाट नेपाल आधारभुत विद्यालय महेन्द्रपुरमा अध्ययनरत रहेका १५ जना बिपन्न छात्राछात्रलाई विद्यालयको पोषाक, आवश्यक कापी कलमलगायतका स्टेशनरी सहयोग गरेका हुन ।


उनले आफु जनप्रतिनिधि हुनु अघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको बताउदै जनप्रतिनिधि भएपछि विपन्नलाई औषधि उपचार, खाद्यान्न सहयोग गर्दै आएको बताए । उनले वडाका बालबालिका विद्यालय पोषाकको अभावमा विद्यालय जानबाट बञ्चित हुन नपरोस भनेर आफ्नो तलब भत्ताबाट पोषाक र स्टेशनरी वितरण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा क्यान्सर अस्पतालमा विशेषज्ञ सेवाको तयारी

१७ कार्तिक २०७९, बिहीबार १४:२८
नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा शुरू गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्नसक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने तयारी गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र्र मल्लले सबै प्रक्रिया पूरा गरेपछि विशेषज्ञ सेवा शुरू […]