हिन्दु एकताको एजेण्डा बोकेर मतदाता माझ खनाल

सदरलाइन संवाददाता १५ कार्तिक २०७९, मंगलवार १४:१०
 

नेपालगञ्ज : आसन्न मंसिर ४ को हुने निर्वाचन नजिकिदै गर्दा हिन्दु एकताको एजेण्डा बोकेर चुनावी मैदानमा आएका बाँके क्षेत्र नं. २ का एकमात्र हिन्दुवादी स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको पकड यस क्षेत्रमा बलियो बन्दै गएको पाइएको छ ।

मतसंख्याको आधारमा हिन्दुहरुको उल्लेख्य संख्या भएको यस क्षेत्रमा पछिल्लो समय विभिन्न राजनितिक दलहरुले धर्मको नाममा भोटका लागि मात्रै हिन्दुहरुलाई प्रयोग गरेको गुनासो गर्दै आएका विषेश गरी हिन्दु मतदाताहरु प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा आर्ना चिन्ह सहित चुनावी मैदानमा आएका दिवाकर खनालको पकड बलियो हुदैँ गएको हो । विशुद्ध हिन्दुहरुको मतको आधारमा आफु चुनावी मैदानमा खडा भएका प्रतिनिधि सभा क्षेत्र नं.२ का स्वतन्त्र उम्मेदवार शर्मा खनाल बताउँछन ।

नेपालका हिन्दुहरुको भविष्य नै खतराको अवस्थामा पुगेको भन्दै उम्मेदवार खनालले आफुहरुको उम्मेदवारी संसादमा हिन्दुका मुद्धा उठाउनका लागि भएको बताए । हरेक राजनिति दल होस अथाव सरकारका विभिन्न आयोगहरुमा अन्य धर्मका आयोग तथा संगठन बन्न हुने तर हिन्दु भएकै नाताले हिन्दुहरुलाई हेपाहाको दृष्टिले हेर्ने गरेको हुदाँ यसको विरुद्ध आफ्नो उम्मेदवारी भएको स्वतन्त्र उम्मेदवार खनालले प्रष्ट पार्छन ।


निर्वाचनको अवस्थामा विभिन्न टिका टिप्पणी आउने गरेको भएता पनि त्यसको जवाफ आफ्ना मतदाताहरुले मंसिर ४ मै दिने बताए । आफुहरुको एजेण्डामा हिन्दु एकता नै भएको हुदाँ कोही पनि विचलित नहुन आफ्ना मतदाताहरुलाई आग्रह गर्दै स्वतन्त्र उम्मेदवार खनालले यस पटकको निर्वाचनको परिणाम सम्पुणर् मतदाताहरुको पक्षमा हुने दावी गरे ।

स्वतन्त्र उम्मेदवार खनालले भने, ‘हामी सबैलाई एक ठाउँमा बाधेर राख्ने भनेको नै हिन्दु धर्म हो अतः आर्नामा मतदान गर्न यहाँहरुलाई आग्रह गर्दछु ।’

यस्तै हिन्दु धर्मकै मुद्धा लिएर क्षेत्र नं. २ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार जेब्रा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन । रौनियार लामो समय देखि हिन्दुवादी संगठन शिवसेनामा रहदै आएको हुदाँ हिन्दुहरुको मत दायाँबायाँ नहुने कुरामा आफु ढुक्क भएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके २ मा धवलशम्सेर राणाको लोकप्रियता बढ्दो

१५ कार्तिक २०७९, मंगलवार १४:१०
नेपालगञ्ज : बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणाको लोकप्रियता बढ्दै गएको छ । राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको […]