नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

सदरलाइन संवाददाता ४ जेष्ठ २०८०, बिहीबार १३:२४
 

नेपालगञ्ज : नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी प्रकरणमा समितिको गाडी प्रयोग भएको खुलासा भएको थियो ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ । शरणार्थीको नाममा ठग्ने गिरोहलाई गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ ।

पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू सो गाडीमा जाने गरेका थिए । चितवनको सौराहा र काठमाडौँका सुन्धारा लगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट थाहा भएको छ ।


इम्बोस्ड नम्बर बिएबी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । हज समितिको प्रयोगका लागि उपलब्ध गराएको सो जिप अध्यक्ष मियाँले गिरोहका सदस्यलाई उपलब्ध गराएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री बालकृष्ण खाण र खाणका सल्लाहकार नरेन्द्र केसीसँग अनुसन्धान अधिकृतहरूले त्यसबारे सोधपुछ गरेका छन् । शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सो प्रकरणमा संलग्न आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राईसहित १५ जना प्रहरीको हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सत्ता र पत्रकार मिलेर प्रजातन्त्रलाई मजबुत बनाउनु पर्छ : ब्रजेश पाठक

४ जेष्ठ २०८०, बिहीबार १३:२४
आगरा (भारत) : उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता प्रजातन्त्रको चौथो स्तम्भ भएकोले सत्ता र पत्रकारिताका प्रतिष्ठितहरु मिलेर दुबै बीचको दूरी समाप्त गरेर प्रजातन्त्रलाई मजबुत बनाउनु पर्नेमा जोड दिएका छन् । उनले यस्तो गरे मात्र देश र प्रदेशको प्रगति सम्भव हुने बताए । प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश […]