बाँकेमा एमाले र राप्रपाको संयुक्त रुपमा घरदैलो शुरु

सदरलाइन संवाददाता ३० आश्विन २०७९, आईतवार १६:०५
 

नेपालगञ्ज : बाँकेमा तालमेल गरेका एमाले र राप्रपाले संयुक्त रुपमा घरदैलो शुरु गरेका छन् । बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशमशेर राणा र प्रदेश (ख) का उम्मेदवार निरक गुरुङले संयुक्त घरदैलोमा शुरु गरेका हुन् ।

बाँके क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री राणा प्रतिनिधि सभामा उम्मेदवार रहेका छन् भने प्रदेशतर्फ एमालेका उम्मेदवार रहेका छन् । नेपालगञ्जमा उम्मेदवारहरु केही कार्यकर्तासहित मत माग्न निस्केका छन् । नेपालगञ्जमा अन्य ठूला दलका उम्मेदवार मत माग्न निस्किसकेका छैनन् ।


स्वतन्त्र उम्मेदवार दिवाकर खनालले बजार बाहिर प्रचारप्रसार गरिरहेका छन् । क्षेत्र नं. २ मा जसपाका मो. इस्तियाक राई, कांग्रेसका सुदीप नरसिंह राणालगायत उम्मेदवार रहेका छन् । यो क्षेत्रमा एमाले र राप्रपाको मात्रै तालमेल छ ।

अरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । जिल्लाका अन्य क्षेत्रमा एमाले र राप्रपासँगै कांग्रेस र माओवादीको तालमेल रहेको छ । चुनाव नजिकिँदै जाँदा बजार र गाउँघरमा नेताहरुको चहलपहल बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट कर्णाली प्रदेशमा हवाई उडान नियमित हुन सकेन

३० आश्विन २०७९, आईतवार १६:०५
नेपालगञ्ज : कर्णाली प्रदेशमा हवाई उडान नियमित छैन । त्यसमाथि गत साताको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सडक सञ्जालबाट हिमाली र पहाडी क्षेत्रमा पुग्न समस्या छ । तर, उडान नै नहुँदा यात्रु, विद्यार्थी र कर्मचारी अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा एयरलाइन्सले उडान […]