नेपालगञ्जको गोदाममै थन्कियो २५ सय टन जडीबुटी

सदरलाइन संवाददाता २५ आश्विन २०७९, मंगलवार १४:१३
 

नेपालगञ्ज : भारततर्फ निकासी गर्ने गरी नेपालगञ्जमा राखिएको ठूलो परिमाणको जडीबुटी अझै निकासी हुन नसकेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिएको भन्दै भारतले आयात अनुमति नदिएको हो ।

यसले करिब दुई हजार ५०० टन बढी जडीबुटी निकासी हुन नसक्दा नेपालगन्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको छ । सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको आरोप लगाए ।

उनले लामो समयदेखि राखिएको जडीबुटी निकासी नहुँदा कुहिने अवस्थामा पुगेकोले क्षतिको डरले व्यवसायी चिन्तित बनेको पनि बताए । व्यवसायी रवीन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब एक करोड रुपैयाँ बराबरको उत्पादन थन्किएको गुनासो गरे ।


जडीबुटी व्यवसायी सङ्घका अनुसार बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् । गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको सङ्घले यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात गरेको छ ।

नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा भारतले नयाँ नियम देखाएर निकासीमा अवरोध गर्दै आएको जडीबुटी सङ्घका पूर्वअध्यक्ष याकुब अन्सारीले बताए ।

जडीबुटी निकासीलाई सहज बनाउने हो भने लक्षित वर्गका किसानले बढीभन्दा बढी रोजगारी पाउने व्यवसायीलाई समेत लाभ पुग्ने अन्सारीको भनाइ छ । भारतीय भन्सारमा निर्यात समस्याका कारणले जडीबुटी व्यवसाय घट्दै गएको व्यवसायीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धान बाली भित्र्याउने बेलामा परेको पानीले किसान चिन्तित्

२५ आश्विन २०७९, मंगलवार १४:१३
नेपालगञ्ज : बाँकेको बोगटिया गाउँका सुभाष वर्माले काटेर भित्र्याउने तयारी अवस्थामा राखिएको धान अविरल वर्षाले डुवाइ दिएको छ । उनले हिलाम्मे खेतमा थ्रेसर लगेर धान झार्ने प्रयास गरेका थिए । तर वर्षा नरोकिएकाले त्यो सम्भव भएन । हिरमिनियाका गु्लाव हुसेनका आँखा तीन दिनदेखि ओभाएका छैनन । तयारी अवस्थामा रहेको धानखेती […]