यातायात व्यवसायी आन्दोलित, नेपालगञ्ज ठप्प

१ श्रावण २०७६, बुधबार १६:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : यातायात व्यवसायीले मालवाहक सवारी साधन थन्काएर आन्दोलन शुरु गरेका छन् । राजस्व विभागले चुहावट रोक्नका लागि बुधवारदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारेका हुन् । आर्थिक अपराध र सामान तस्करी रोकिने बहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको भन्दै यातायात तथा ढुवानी व्यवसायी एवं मजदुर संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।
यता नेपालगञ्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । सरकारले लागू गरेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोधमा व्यवसायीहरुले नेपालगन्ज बन्द गरेका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा आज नेपालगन्ज बजार बन्द आव्हान गरिएको हो ।
सरकारले लागू गरेको नयाँ नीति, नियम, ऐन, कानुन ‘उपभोक्तादेखि व्यापारी’सम्म अव्यवहारिक रहेकाले खारेजी हुनुपर्ने माग संघले गरेको छ । आजदेखि उद्योग, कलकारखाना र पसल बन्द गरि आन्दोलनमा उत्रिएको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

Next Post

नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि डेलिगेशन

१ श्रावण २०७६, बुधबार १६:५०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा विश्वविद्यालय स्थापनाको लागि उच्च स्तरीय डेलिगेशन टोली पाँच नंम्बर प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवल पुगेर प्रदेशस्तरको विश्व विद्यालय स्थापनाको लागि माग राखेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाको नेतृत्वमा गएको उच्चस्तरिय डेलिगेशन टोलीले बाँकेबाट प्रेदश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु सहितले मुख्यमन्त्री शंकर पोख्रेलका […]