दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

सदरलाइन संवाददाता २२ आश्विन २०७९, शनिबार १३:४४
 

दाङ : दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङ स्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।


मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोमा पुरिएर जुम्लामा सात जनाको मृत्यु, दुई बेपत्ता

२२ आश्विन २०७९, शनिबार १३:४४
नेपालगञ्ज : अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, […]

ताजा अपडेट