चितुवाको छालासहित बाँकेमा दुई जना पक्राउ

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १६:४१
 

नेपालगञ्ज : बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट दुईजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका– ९ का ३२ वर्षीय सन्तोष क्वँर र भैरवी गाउँपालिका–३ दैलेखका १९ वर्षीय जितेन्द्र शाही ३ फिट ३ इन्च लामो चितुवाको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले क्वँरले चलाइरहेको रा ४ प ६५०४ नम्वरको स्कुटीको डिक्की भित्र कालो झोलामा राखिएको चितुवाको छाला बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना पेन्टको काम गर्छन् ।


कोहलपुर घर बताउने रविन खड्काले आफुसँग चितुवाको छाला भएको र त्यसलाई विक्री गरेर रकम बाँडौला भनेपछि जितेन्द्र चितुवाको छाला लिन दाङ पुगेका थिए । जिेत्द्रले घोराही पुगेर सन्तोषसँग मिलन राना भन्ने व्यक्तिबाट छाला लिई आउने क्रममा उनीहरु कुसुमबाट पक्राउ परेका हुन् ।

बरामद छाला तीस लाखमा विक्री गर्ने योजना रहेको पनि जितेन्द्रले प्रहरीलाई वयान दिएका छन् । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएर उनीहरुमाथि कारवाही गरिने बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनस्वास्थ्यका मापदण्ड पालना गर्न बाँके प्रशासनको आग्रह

१६ असार २०७८, बुधबार १६:४१
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ । दोस्रो लहरको भाइरस संक्रमणको जोखिम नटरेको र तेस्रो लहरको संक्रमणको जोखिम झन खतरनाक हुने आंकलनलाई मध्यनजर गरेर स्वास्थ्य मापदण्ड पालना पूर्णरुपमा गर्न गराउन स्थानीय प्रशासनले आग्रह गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम […]

सम्बन्धित