दश किलो चरेशसहित नेपाली युवक पक्राउ

२ पुष २०७५, सोमबार १९:०१
 

सदरलाइनडटकम,
कपिलबस्तु  : कपिलबस्तुको भारतीय सीमावर्ती जिल्ला सिद्धार्थनगरमा १० किलो चरेशसहित एक नेपाली पक्राउ परेका छन् । एसएसबी ५० वी वाहिनीका जवानहरु गस्ती गर्ने क्रममा बिशेष सुचनाको आधारमा महादेव बुजुर्ग रेलवे स्टेशनमा कृष्नानगर नगरपालिका ५ डबराका सोमदत्त कोहारलाई पक्राउ गरेको हो ।
उनको झोला खान तलासी गर्ने क्रममा १० किलो चरेश फेला परेको सशस्त्र सीमा बल (एसएसबी)ले जनाएको छ । बरामद गरिएको चरेशका अनुमानित अन्तर्राष्ट्रीय बजार मूल्य २ करोड़ रहेको बताइएको छ । पक्राउ परेका सोमदत्तलाई आवश्यक कारबाहीका लागि भारतीय प्रहरीलाई बुझाइएको एसएसबीले जनाएको छ ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)

Next Post

हुलाकी सडकमा कालोपत्रे सुरु

२ पुष २०७५, सोमबार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज  :  हुलाकी सडकको निर्माण ढिलाई भएकै जनगुनासो आईरहेको बेलामा बाँकेमा पर्ने सो सडक भने कालोपत्रे गर्न सुरु गरिएको छ । पप्पु कन्सट्रक्सन प्रालिले निर्माणको ठेक्का लिएको कारण जनाउदै गत ७ महिनादेखि ठेकेदारले पाउनु पर्ने रकमको भुक्तानी नपाउदा पनि फिल्डमा काम गरि रहेको गणपति कन्ट्रक्सन ग्रुप प्रालिले भने काम जारी […]