बैतडीको प्रसिद्ध निङ्गलाशैनी जात्रा शुरू

सदरलाइन संवाददाता १६ आश्विन २०७९, आईतवार १४:५६
 

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आइतवारदेखि जात्रा शुरु भएको छ । दशरथचन्द नगरपालिका–२ देहीमाडौंमा रहेको उक्त मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो ।

निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा विषेश पूजाआजासहित जात्रा शुरु भएको छ ।

हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पु¥याउने चलन रही आएको छ । महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ । महाअष्टमीका दिन सुदूरपहाडकै सबैभन्दा बढी पशुबली यहाँ दिइन्छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय रमेश बोहराले बताए । जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।


निङ्गलाशैनी भगवती मन्दिरमा एक वर्षमा चारपटक जात्रा हुने गर्छ । महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ ।

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्न देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेला अवधिभर देहीमाडौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका वडा नं २ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

मदिरा सेवन र बिक्रले विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दशैँभरि मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो । कसैले मदिरा कारोबार र सेवन गरेमा कानुनअनुसार कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका अध्यक्ष शाहद्वारा दशैंको शुभकामना व्यक्त

१६ आश्विन २०७९, आईतवार १४:५६
नेपालगञ्ज : बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । नरैनापुरको ६ वटै वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गरी नरैनापुरको वडा नं. ३ मा आयोजित विशाल पूजाअर्चना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले […]

सम्बन्धित