विपद् जोखिम न्यूनीकरण गर्न गम्भीर रुपमा लागेका छौं : विष्ट

सदरलाइन संवाददाता ७ असार २०८०, बिहीबार १६:३६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीर र जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन् ।

विष्टले सम्भावित विपतको पहिचान गरी पूर्व तयारी गर्नेदेखि शिघ्र प्रतिकार्यका लागि नेपालगञ्ज उपमहानगरपालिका योजनाबद्ध ढंगले अघि बढेको बताए । उनले नीति, योजना, कानुन निर्माणदेखि कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउन द्रुत गतिमा काम गरिरहेको बताए ।

युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा मनसुन पूर्व तयारी सम्बन्धि कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले विपतका सवालहरुलाई आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा पनि प्राथमिकता दिइएको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दक्षिण कोरिया भ्रमणको अनुभव प्रस्तुतिकरण गरेका थिए ।

उनले कोरियामा सहर उत्थानशील कार्यक्रमको सिकाई अनुभव बताएका थिए । केही समय अगाडि उपमहानगरपालिकाबाट नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रिजाल लगायतको टोली कोरिया भ्रमणमा गएको थियो ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यमा स्थानीय तह र वडास्तरको भूमिका र जिम्मेवारी र परामर्शदाता लोकेन्द्र भट्टले नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको स्थानीय विपत तथा जलबायु उत्थानशील योजनाको प्रस्तुतिकरण गरेका थिए ।

वातावरण शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले गरेका प्रयासहरुबारे जानकारी गराएका थिए । विषयगत क्षेत्र तथा वडास्तरको योजना तर्जुमामा समावेश गर्न सकिने योजनाहरुको ढाँचाका विषयमा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, युनिसेफ प्रतिनिधि लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसरोकारका विषयमा बाँके प्रशासनलाई कांग्रेसको ज्ञापनपत्र

७ असार २०८०, बिहीबार १६:३६
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले जनसरोकारका विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । जनसरोकारका सवालहरु समेटेर कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत […]