जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ७ आश्विन २०७९, शुक्रबार १५:२३
 

नेपालगञ्ज : जवरजस्ती करणी उद्योग मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रवार पक्राउ गरिएको हो ।

२०७५ साल जेठ २३ गते बाँके जिल्ला अदालतले खत्रीलाई जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय तोकेको थियो । त्यसपश्चात उनी हालसम्म फरार रहेका थिए ।


उनलाई शुक्रवारनै बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने

७ आश्विन २०७९, शुक्रबार १५:२३
नेपालगञ्ज : युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्यसहित पिके इभेन्ट्स प्रलिको आयोजनामा शनिवार फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने भएको छ । आयोजकले इभेन्ट्सको तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । अडिशनमा बाँके, वर्दिया लगायत विभिन्न शहरका ४२ जना प्रतिस्पर्धीले भाग लिने अध्यक्ष प्रकाश […]