नेपालगञ्ज वडा नं. ४ मा दुईजनामा डेंगी देखियो

सदरलाइन संवाददाता ६ आश्विन २०७९, बिहीबार १६:२८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–४ मा थप दुई जनामा डेंगी देखिएको छ । बिहीवार गरिएको निःशूल्क स्वास्थ्य परीक्षणमा थप दुई जनामा डेंगी देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकलपर्सन तेज वलीले जानकारी दिए ।

४८ जनाको नमुना जाँच गर्दा २१ वर्षका पुरुष र ३६ वर्षकी महिलामा डेंगीको संक्रमण पुष्टि भएको हो ।


यस्तै ४९ वर्षकी महिलामा स्क्रब टाइफस देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ मा यसअघि पनि ४ जना स्थानीयमा डेंगीको संक्रमण पुष्टि भएको थियो । बाँकेमा यसअघि ४४ जनामा डेंगु पुष्टि भइसकेको छ ।

तीमध्ये नेपालगञ्ज उपमहानगरपालिकाभित्र १५ जनालाई डेंगु देखिएकोमा चार जना वडा नम्बर ४ का रहेको वलीले बताए । किटजन्य रोगको संक्रमणबाट जोगिन स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न

६ आश्विन २०७९, बिहीबार १६:२८
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ । पालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताए । सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण […]

ताजा अपडेट