धमाधम लागू औषधका डिलर समाउदै बाँके प्रहरी

२६ माघ २०७६, आईतवार १२:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ ।
बाँके प्रहरीका अनुसार सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडानं. १ का २१ व्र्षिय शिवराज पुरी पक्राउ परेका हुन ।
पुरीले साँझ साढे ५ बजेतिर स्कुटरको अगाडिको टायर कभरमा लुकाएर सो ब्राउनसुगर नेपाल ल्याउदै गरेको प्रहरीले जनाएको छ । यसैगरी शनिबार साढे ७ बजे भारतको जिल्ला बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई जमुनाहा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलको हेल्मेटमा लुकाएर ल्याउदै गरेको अवस्थामा २ सय ग्राम ब्राउन सुगरसहित फेला परेकोे छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख माधवप्रसाद रिजाल लागु औषध नियन्त्रण व्यूरो कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर अधिकारी सहितको टोलिले सुराकीको आधारमा चेकजाँच गर्दा हेल्मेटमा लुकाई राखेको अवस्थामा अब्दुल रसिदलाई र स्कुटीको टायर कभरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा पुरीलाई फेला परेको हो ।
प्रहरी नियन्त्रणमा रहेका दुबैलाई आवश्यक अनुसंन्धान पुरा गरी थप अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको छ । गत बुधबारमात्र प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले लागु औषध नियन्त्रणका लागि निशुल्क परामर्श केन्द्र उद्घाटन गर्दै गर्दा लागू औषधको बिरुद्ध निर्मम हुन दिएको निर्देशनको पालना गर्दै ठूलो सफलता हासिल गर्न सकिएको बाँकेका प्रहरी उपरिक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
यसैबीच आईतबार बिहान बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज रिजालका अनुसार नेपालगञ्ज–२ घरबारीटोलका २२ बर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिएको छ ।
रानालाई बरामदी मुचुल्का तथा अनुसंन्धान गरी आवश्यक अनुसंन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी रहेको उनले बताए ।

Next Post

शिवको शव भेटियो, पासी मृत फेला

२६ माघ २०७६, आईतवार १२:१०
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : छुट्टाछुट्टै दुर्घटनामा बाँकेमो दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षीय मनोज पासी नेपालगञ्ज वडा नम्बर ६, हुलाकी सडकस्थित नालामा आइतवार बिहान मृत भेटिएका छन् । मृतक पासी सडकको छेउमा रहेको नालामा डुबेको अवस्थामा फेला परेको र […]

सम्बन्धित