नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १३:०८
 

नेपालगञ्ज : नेपालगञ्जका दुई वटा औषधि पसलमा चोरी भएको छ । गणेशमान चौकस्थित गणेशमान चोक ड्रग स्टोर र सागर क्लिनिकमा चोरी भएको हो ।

शुक्रवार राती एक बजेतिर औषधि पसलको सटर फोडेर चोरले दुई पसलबाट करिव चार लाख रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तिले जानकारी दिए । गणेशमान चोक ड्रग स्टोरबाट ३ लाख ५० हजार र सागर क्लिनिकमा ३५ हजार चोरी भएको हो ।

गणेशमान चोक ड्रग स्टोरका सञ्चालक लोकनाथ पोख्रेलले चोरले मध्यराती औषधि पसलको सटर फोडेर चोरी गरेको बताए । चोरले औषधि भने नचलाएको औषधि पसलका सञ्चालकहरुले बताएका छन् ।


विश्वकर्मा पूजाका लागि एकाविहानै फार्मेसी पुग्दा सटर फुटाएको पाइएपछि प्रहरीलाई खवर गरेको सागर क्लिनिकका सञ्चालक जितेन्द्र ठकुरीले बताए । गणेशमान चोकमा प्रहरीको वीट छ । चोरी भएका औषधि पसल वीट नजिकैको दूरीमा छन् । प्रहरीले चोरी गर्नेहरुको खोजी कार्य जारी राखेको जनाएको छ ।

सिसिटीभीमा कैद भएको चोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीबाट बर्दियाका बस्ती डुबानमा

१ आश्विन २०७९, शनिबार १३:०८
बर्दिया : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन । बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका छन । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र […]