गुणस्तरहीन सडक बनेको आशंकामा रोकियो कालोपत्रे

सदरलाइन संवाददाता १४ चैत्र २०७९, मंगलवार १२:५१
 

दाङ : ठेकेदारले गुणस्तरीय सडक नबनाएको आशंकामा दाङको घोराही उपमहानगरपालिकाले भानुचोकदेखि–गुलरिया पार्कसम्मको सडकको कालोपत्रे गर्ने काम रोकिदिएको छ ।

सडकको लेबल र गिट्टीहरूको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले सडकको कालोपत्रे गर्न रोक लगाएको हो ।

‘सडक कालोपत्रे गरेपछि लेवलिङ मिल्नुपर्छ, चिल्लो देखिनुपर्छ । तर त्यस्तो नदेखिएपछि परीक्षणका लागि भनेर निर्माणको काम रोक्न लगाएका छौं’ घोराही उपमहानगरपालिकाको पूर्वाधार महाशाखा प्रमुख इञ्जियिनर युवराज पौडेलले भने ।’

१८ सय मिटर लामो सडकमा गर्न लागिएको कालोपत्रे अस्फाल प्रविधिको हो । सोही प्रविधिमा कालोपत्रे गरिएको घोराहीकै दामोदरचोकदेखि नयाँ बजार–आर्मी व्यारेकसम्मको सडक राम्रो देखिन्छ ।

एउटै प्रविधिमा बनाइएका सडक कुनै राम्रो र कुनै नराम्रो देखिएपछि स्थानीयले भानुचोकदेखि(गुलरिया पार्कसम्मको सडकको गुणस्तरमा प्रश्न उठाएका थिए । अहिले उपमहानगरले पनि शंका गरेर तीन हप्तादेखि सडक कालोपत्रेको काम रोकेको छ ।


घोराही उपमहानगरपालिका इञ्जिनियर सन्दीप घिमिरेले भानुचोकदेखि–गुलरिया पार्कसम्मको सडकको ‘थिकनेस’ नमिलेको पाइएकाले गुणस्तर परीक्षणको लागि काम भइरहेको बताए । उनले छिट्टै परीक्षण रिपोर्ट आउने र सडकमा के कस्तो काम भएको भन्नेबारे आफूहरु निष्कर्षमा पुग्ने बताए ।
घोराहीको भानुचोकदेखि–गुलरिया पार्कसम्मको सडक कालोपत्रे गर्ने जिम्मा पुष्पाञ्जली–पीएस जेभी बाँकेले पाएको छ । तर उसले आफैं काम नगरी पेटी ठेक्काको काम गर्ने जिम्मा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनलाई दिएको छ ।

२०७८ फागुनमा २ करोड ३१ लाख ५५ हजार ३६० रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । तर ठेकेदारको लापरबाहीका कारण समयमै काम हुन सकेन । २०७९ चैत ३० गतेसम्म म्याद रहेको बेला कम्पनीले अन्तिम समयमा काम सुरु गरेको थियो ।

सोही निर्माण कम्पनीले सुरु गरेको घोराही बजारकै शहीदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि शहीद गेटसम्मको सडक पनि अलपत्र छ ।

आत्रेयरपूर्णचन्द्ररबस्नेत जेभीले नाला र फुटपाथ तथा वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले सडक पिच गर्ने कामको जिम्मा पाएका थिए । गत असारसम्ममा काम सक्ने गरी वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले जिम्मा लिए पनि अहिलेसम्म सडक कालोपत्रे गर्ने काम सकेको छैन ।

सम्झौताअनुसार ठेकदार कम्पनीले काम नगर्दा अहिले सवारी अवागमनसँगै व्यवसायी र पैदल यात्रुसमेत समेत समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाका भएर युवतीहरुलाई भारत पुर्याउने तीन जना पक्राउ

१४ चैत्र २०७९, मंगलवार १२:५१
नेपालगञ्ज : नेपाली युवतीहरूलाई भारतमा बेचबिखन गरी वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेंशी नगरपालिका–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुष्मा […]