नेपाल क्यान्सर अस्पताल बाँकेमा ओपिडी सेवा शुरु, पहिलो दिनमै ७ जना क्यान्सरका विरामी भेटिए

२९ असार २०७३, बुधबार १३:३५
 

२९ असार, नेपालगन्ज : खजुरामा निर्माण भएको नेपाल क्यान्सर अस्पताल बाँकेले बुधबारदेखि स्याटेलाईट सेन्टरमार्फत  ओपीडि सेवा सञ्चालनमा ल्याएको छ । सञ्चालनको पहिलो दिनमै ७ जना क्यान्सरका नयाँ विरामी पहिचान गर्न सफल भएको अस्पतालले जनाएको छ ।
बाँकेको सोनपुर गाविस खजुराको पुरानो एयरपोर्टमा विगत १० वर्षदेखि निर्माणाधिन अवस्थामा रहेको नेपाल क्यान्सर अस्पताल बाँकेले विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिकIMG_2072 सहयोगमा स्याटेलाईट सेन्टरमार्फत ओपिडी

सेवा शुरु गरेको हो ।
अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपतिले दिएको जानकारी अनुसा

र पहिलो दिन अस्पतालमा आएका ६५ जना विरामीलाई स्याटेलाईट सेन्टरमार्फत जाँच गर्दा ७ जनामा क्यान्सरको विरामी भएको पाईएको जाँचमा संलग्न विज्ञको टोलीले आ

फुलाई जानकारी दिएको बताए ।
बुधबारदेखि सुरु भएको स्याटेलाईट सेन्टरबाट कन्सलटेन्ट अंकुलोजी सर्जन डा विश्वराम पौडेल, अंकुलोजि रेडियोलोजिष्ट डा. रञ्जनभक्त भण्डारी,  अंकुलोजी सर्जन डा. खगेन्द्रराज देवकोटालगायतको टोलीले उपचार सेवा दिएको छ ।   अस्पतालले स्याटेलाईट सेन्टर मार्फत बहिरंग (ओेपिडी) सेवा, पुराना विरामीका लागि नियमित फलोअप, डे केयर सेवा र परिक्षण सेवा शुरु गरेको हो ।
यसैबीच प्रखर परोपकार मिसन नेपालको संकल्पमा निर्माणधिन सो अस्पतालले एक समारोहका बीचमा स्याटेलाईट सेन्टर सञ्चालनमा ल्याएको छ । सो अवसरमा नेशनल एकेडमी अफ मेडिकल साईन्सेज(नेम्स) का उपकुलपति डा. गणेश

IMG_1953

गुरुङ्गले क्यान्सर जस्तो नसर्ने रोगको निदानको लागि दक्ष जनशक्तिको अभाव हुने भएकोले आफ्नो एकेडमीबाट उत्पादन हुने दक्ष जनशक्ति यस अस्पताललाई उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको बताए ।
उपकुलपती गुरुङ्गले बाँकेको खजुरामा स्थापना गरिएको आधुनिक भवन सहितको क्यान्सर अस्पताल सञ्चालनका लागि दक्ष जनशक्ति तथा अन्य पूर्वाधारको पाटो खर्चिलो हुने भएकोले पनि राज्यको निकाय, स्थानीय राजनीतिक दल, नागरिक अगुवाले अस्पताल सञ्चालनको लागि आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग दिए काम गर्नेको मनोबल बढ्ने औल्याए ।


IMG_1967

  सो अस्पतालसंग स्याटेलाईट सेन्टर सञ्चालनको लागि सहकार्य गर्दै आएको विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.चिनबहादुर पुनले यस अस्पताल सूचारु हुँदा धरान तथा भरतपुरमा आउने विरामीको चाप पनि आधा भन्दा बढी घट्ने विश्वास व्यक्त गरे ।
उनले आफ्नो अस्पतालले वर्षमा १ लाख १९ हजारबढी विरामीलाई शेवा दिएको बताउदै अस्पतालमा सेवा लिन आउने विरामीहरु पचास प्रतिशत भन्दा बढी मध्य तथा सुदूरपश्चिमका नै भएको खुलासा गरे । उनले भने–‘अव यस क्षेत्रका विरामीका लागि धेरै नै सहज हुने भएको छ । हाम्रो अस्पतालमा आउने अधिकांश विरामी यसै क्षेत्रको भएको मैले पाएको छु । घरदैलोमा नै विरामीले उपचार पाउने भएपछि यसको संरक्षण र सञ्चालनको लागि सबैको सहयोग उत्तिकै आवश्यक रहन्छ ।’
स्याटेलाईट सेन्टर शुभारम्भ कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले बाँकेको खजुरा क्षेत्रको विकास तथा पहिचानको लागि यो अस्पतालले ठूलो भूमिका निर्वाह गर्ने धारणा राखेका थिए । अस्पतालको निर्माण शुरु गर्दाको क्षणमा पनि बैदिक विधी अनुसार शुरु गरिएकोले सेवा शुभारम्भ गर्दा पनि सोही अनुरुप नै पूजा गरेर सुरुवात गरिएको अस्पतालले जनाएको छ ।

IMG_2005

IMG_2010

IMG_2040

IMG_2061

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'विकासमा युवाको सहभागिताले मुलुकले ठूलो फड्को मार्न सघाऊ पुग्छ '

२९ असार २०७३, बुधबार १३:३५
सदरलाइनडटकम २९ असार, नेपालगन्ज : युएनडिपि नेपालकी उपराष्ट्रिय निर्देशक सोफी किम खाब्जेले विकासमा युवाको सहभागिताले मुलुकले ठूलो फड्को मार्न सघाउ पु¥याउने बताएकी छन् । युएनडिपि नेपाल, नेपाल पत्रकार महासंघ बाँके, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा नेपालगन्ज र कोहलपुरमा आयोजना गरिएको ‘लेक्चर सिरिज अन डेभलपमेन्त […]