कोभिडबाट हालसम्म बाँकेका ३ सय ५३ जनाको निधन

सदरलाइन संवाददाता १३ भाद्र २०७९, सोमबार १३:४३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७ जनाको नमूना परीक्षण गर्दा २ जना र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४१ पुगेको छ । यस्तै सोमवार थप ९ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९६२ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २६ जना रहेको वलीले बताए ।


एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २५ जना होमआइसोलेशमा बसिरहेका छन् । कोभिड शुरु भएयता आजसम्म बाँकेका ३५३ जनाको निधन भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो : मन्त्री अथक

१३ भाद्र २०७९, सोमबार १३:४३
नेपालगञ्ज : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताएका छन् । पछिल्लो गतिविधिबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री अथकले नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेकाले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट […]